Jan 21, 2013


बजारिया माया बोलको गीत सन् २०१५ को उपहार स्वरुप म गीतकार टंक सम्बाहाम्फे,संगीतकार साक्थिम योङ्या भूपेन्द्र योङ्या र गायक संजय तुम्रोकको एकमुष्ट यहाहरुलाई प्रस्तुत गरेका छौ । यो गीत जिवन्त बनाउन कलाकार लगायत निर्देशक र सम्पादकको ठूलो भूमिका रहेको छ । जसलाई युट्युब मार्फत बिश्वब्यापी यहाहरुको सामु पुर्याउने जमर्को गरेका छौ । यहाहरुको आफ्नो एङ्गलबाट सल्लाह सुझाबको भारी अपेक्षा गरेका छौ । जसले आउदा दिनहरुमा राम्रा राम्रा म्यूजिक भिडियो निर्माण गर्न सकौ । युट्युब बाहेक कान्तिपूर टेलिभिजन र अन्य टेलिभिजनहरुमा पनि हाल प्रसारण भैरहेको छ । यो गीत आउदो मेरो आकार एल्बममा समाबेश हुनेछ । लोकपप शैलीमा निर्माण गरिएको यो गीत यहाहरुको रुचिमा पर्नेछ भन्नेमा बिश्वस्त छौ । यो हाम्रो ड्रिम प्रोजेक्ट भिडियो निर्माणहरु हो त्यसैले भरपूर मनोरंजन गराओस यसैमा हामी खुशी हुनेछौ । म्यूजिक भिडियो सङ्गस नेपालले बितरण गरेको छ युट्युबमा । धन्यबाद ।
कलाकार - नम्रता र मनिस लिम्बु ,क्यामरा - शिबराम श्रेष्ठ,सम्पादन - लोकेश बज्राचार्य,निर्देशक - सुरज सिंह ठकुरी